logo
  • २०८२ पुष ४ | Fri, 19 Dec 2025
  • सप्तरी: सडक पेट्टीमा फाट्टफुट्ट भेटीन्छ बिरुवा डेढ कराेड भन्दाबढि रकम खर्चिदा

    सप्तरी: सडक पेट्टीमा फाट्टफुट्ट भेटीन्छ बिरुवा डेढ कराेड भन्दाबढि रकम खर्चिदा

    राजविराज।सप्तरीमा प्रदेश वन विकास कार्यक्रम अन्तर्गत हरेक बर्ष वृक्षारोपणकाे नाममा लाखौं बराबरको रकम खर्चिन्छन्। तर बिरुवा संरक्षणको अभाबमा कार्यक्रमको उदेश्य पूरा भईरहेका छैन। सरकारको लगानी बालुवामा झै भई रहेको छ।

    यसबर्ष पनि कार्यालयले राजविराज नगरपालिका–१ स्थित हुलाकी राजमार्ग किनारमा पडरिया टोलदेखि खाँडो पुलसम्म र तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराको सडक किनारमा गरी कुल ७ सय ११ वटा बिरुवा रोप्नुपर्ने हाे ।

    राजविराज नगरपालिका वडा नम्बर – १ अन्तरगत हुलाकी सडकखण्डमा पडरिया देखि खाँडाेपुलसम्म गत २३ असारदेखि बिरुवा लगाउन कार्यालयबाट निर्देशन आएसँगै बिरुवा लगाउने काम भईरहेकाे छ । जम्मा ५११ बिरुवा लगाउनुपर्ने हाे ।तर, हालसम्म ७०-८० वटा बिरुवामात्र लगाएका छाैं।हेराै कति दिन लाग्छ यकिन भन्न सकिदैन वन रक्षक मदन कुमार सिंहले बताउनुभयो ।

    गत आइतबार सम्ममा हुलाकी राजमार्ग किनारमा हाल ५० प्रतिशत बिरुवा मात्र रोपिएको छन्।भने सकरपुराको सडक किनारमा पनि २ सय जति बिरुवा लागाउनुपर्ने ठाउँमा हालसम्म एक सयमात्र बिरुवा लगाइएको छन् । तर,कामै पूरा नगरीकन सुचना अधिकारी बाैधनाथ मण्डलको नाममा २३ लाख रुपैयाँ भुक्तानी गरेकाे पाईएकाे छ।

    बिरुवा हुर्काउन र जाेगाउन तर्फ कसैलाई ध्यानाकर्षण अहिलेसम्म भएको देखिदैन। तर,कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० अनुसार तीन बर्षसम्म विरुवाकाे संरक्षण गर्नुपर्ने व्यवस्था रहेकाे छ।

    वन डिभिजन कार्यालय सप्तरी, राजविराजले आर्थिक वर्ष २०७८/०७९ मा राजविराज–कुनौली सडकअन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित सडक किनारमा एक सय विरुवा रोपिएकाे थियाे। दश लाख रुपैयाँ खर्च गरेर कर्मचारीमार्फत नै रोपिएका बिरुवा अहिले फाटफुट मात्रै सडक पेट्टीमा भेटिन्छन्।

    सोही वर्षरू. २५ लाख रुपैयाँ खर्च गरेर हुलाकी राजमार्ग अन्तर्गत बलान बिहुल गाउँपालिका–१ स्थित बलान पुलदेखि पूर्व सेहरा पुलसम्म प्रदेश वन विकास कार्यक्रमअन्तर्गत कर्मचारीलाई नै बिरुवा रोप्न लगाएको थियो । तर हाल बिरुवाको संरक्षण नहुदाँ बिरुवा संख्या न्यून रहेको छ।

    बलान विहुल गाउँपालिका वडा नम्बर -१ का वडा अध्यक्ष रामकुमार यादबका अनुसार वन डिभिजन कार्यालयले हामिसँग कुनै किसिमको समन्वय गरेकाे छैनन् । हालसम्म सडकपेट्टीमा १० प्रतिशत बिरुवा मात्रै रहेकाे छ । यसलाई संरक्षण गर्ने जिम्मा वन डिभिजनका हाकिमले नै लिनुपर्ने हाे।

    यता वन डिभिजन कार्यालयका सुचना अधिकृत बैधनाथ मण्डलले चालु आर्थिक बर्षमा राजविराज र सकरपुरामा वृक्षारोपण कार्य भईरहेकाे बताउदै बिगतमा गरिएको वृक्षरोपण संरक्षण बारे प्रश्न गर्दा उनले भने चरिचराउका कारण अलिअलि सडक पेट्टीमा बिरुवा मात्र रहेकाे स्वीकारे ।
    कार्यालयले आर्थिक वर्ष२ ०७८/०७९ देखि२ ०८०/०८१ सम्ममा वृक्षारोपणमा एक करोड ५३ लाख ७५ रुपैयाँ खर्च गरेको छ।तर, रोपेका बिरुवा संरक्षण गरेर हरियाली बढाउनेभन्दा पनि कार्यालयले बजेट खर्च गर्नतिर मात्र देखिएका छन्।

    एक वन कर्मचारीका अनुसार यसमा केहीँ समिति कर्मचारीको आर्थिक स्वार्थका कारण सडक पेटीमा बिरुवा लागने कार्यक्रम प्रभावकारी भई रहेको छैन। भने उद्देश प्राप्तिमा असफल रहेको बताउदैँ ती कर्मचारी यश विषयमा सरोकारवालाहरू छानबिन हुनुपर्ने बताउनुभयो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ३२, बुधबार २२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP