logo
  • २०८३ बैशाख १५ | Tue, 28 Apr 2026
  • सप्तरी: भारततर्फ तस्करी गर्न राखिएको ठूलो परिमाणको मदिरा बरामद

    सप्तरी: भारततर्फ तस्करी गर्न राखिएको ठूलो परिमाणको मदिरा बरामद

    बोदेबरसाईन।सप्तरीबाट भारततर्फ तस्करी गर्न राखिएको ठूलो परिमाणको मदिरा बरामद भएको छ ।

    नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरबाट उक्त मदिरा नियन्त्रणमा लिएको हो ।

    नेपालका सिमावर्ती बजारहरुबाट मदिरा संकलन गरी भारत तस्करी गर्नका लागि राखिएको विभिन्न ब्राण्डका ६ सयभन्दा बढी कार्टुन मदिरा उक्त ठाउँबाट बरामद भएको छ ।

    कमलपुरस्थित एक कुखुरा फर्ममा मदिरा स्टोर गरी राखेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी झुटकी र सशस्त्र प्रहरी बल बिओपी बनैनियाँबाट खटिएको २६ जनाको संयुक्त टोलीले मदिरा बरामद गरेको छ ।

    बरामद भएको मदिरा मंगलबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

    पत्रकार सम्मेलनमा एसपी गौतम केसीले मामाश्री दिलवाले ६ सय ४१ कार्टुन, कर्णाली गोल्ड ५ कार्टुन, कस्तुरी रक्सी ४३ कार्टुन, किङ्ग फिसर बियर क्यान ४७ कार्टुन, वृक्ष रक्सी ४ कार्टुन, गोर्खा बियर क्यान २० कार्टुन, अर्ना बियर क्यान ३ कार्टुन बरामद भएको जानकारी दिए ।

    उनका अनुसार उक्त ठाउँबाट बिभिन्न भारतीय नम्बरका ४ वटा मोटरसाइकल र ३४ वटा साइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यी सबारी मदिरा भारततर्फ तस्करीका लागि प्रयोग गर्ने गरिएको छ ।

    रु १२ लाख ८८ हजार ९ सय ७५ रुपैयाँ बराबरको मदिरा, ३ लाख ५ हजार मुल्यको मोटरसाइकल र ३४ हजार मुल्यको साइकल आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयलाई बुझाइने एसपी केसीले बताए ।

    उनले उक्त बरामद मदिरा तथा ३ लाख ५ हजार मुल्यको मोटरसाइकल र ३४ हजार मुल्यको साइकल आवश्यक प्रक्रिया पूरा गरि भन्सार कार्यालयलाई बुझाउने बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १३, मंगलवार २१:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP