logo
  • २०८२ कार्तिक १९ | Wed, 05 Nov 2025
  • प्रहरीलाई कम्प्युटरसहितका सामग्री सहयोग

    प्रहरीलाई कम्प्युटरसहितका सामग्री सहयोग

    बोदेबरसाईन। जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी भएका ट्राफिकप्रहरी कार्यालय राजविरालाई स्थानीय युवाले कम्प्युटरसहिका सहयोग गरेका छन्।

    सप्तरीकै बोदेबरसाईन नगरपालिका वडा नम्बर-१ धनगढीका पुषपेन्द्र साहले एक थान कम्प्युटरस सेट र डायरी, रजिष्टर सहयोग गरेका हुन्।
    उक्त सहयोग सामग्री जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरी शम्भुनाथका प्रमुख प्रहरी निरीक्षक रामबालक रायलाई हस्तान्तरण गरेका हुन्।

    जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी भएका ट्राफिक प्रहरी कार्यालय राजविरामा १८ लाख बराबरको छती भएको थियो। अहिले पनि उक्त कार्यालय संचालनका लागि चाहिने अति आवश्यक सामग्रीहरूको अभाव रहेको छ।

    यसैक्रममा जिल्ला प्रहरी कार्यालय राजबिराज सप्तरीलाई समेत एक थान कम्प्युटरसेट, रजिष्टर,डायरी,पेन हस्तान्तरण गरेका हुुन्। उक्त सामग्री प्रहरी निरीक्षक उदय कुमार राई प्रदान गरेको हो।

    सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा शिवनाथ साह, पत्रकार लोकेन्द्र प्रसाद यादव लगायत सहभागी थिए ।उक्त सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरी शम्भुनाथका प्रमुख प्रहरी निरीक्षक रामबालक रायले भने हामी प्रहरी सधैं फिल्डमा सहयोग भावनाले अग्रपंक्तिमा खटछाैं, आज हामीलाई समस्या पर्दा सहयोग गर्ने हाथलाई प्रहरी संगठनले उच्च मूल्याकंन गर्ने बताउनुभयो।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन ११, शनिबार २२:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP