logo
  • २०८२ जेष्ठ ५ | Mon, 19 May 2025
  • माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन, पदाधिकारी चयन गर्न बाँकी

    माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन, पदाधिकारी चयन गर्न बाँकी

    विराटनगर । नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर समितिको दोस्रो अधिवेशनबाट ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

    कुल ३५६ प्रतिनिधिहरूको सहभागितामा सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिले अब अध्यक्षसहित सात पदाधिकारी चयन गर्ने जिम्मेवारीमा रहेको छ ।

    निर्वाचन समितिका सदस्य एवं माओवादी केन्द्र विराटनगरका इन्चार्ज भोगेन्द्र यादवका अनुसार सर्वसम्मत कार्यसमिति चयन भए पनि पदाधिकारी चयन भने केही समयका लागि स्थगित गरिएको छ ।

    ‘नयाँ कार्यसमिति चयन भएपछि अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ,’ यादवले भने ।

    अध्यक्ष पदका लागि तीन जना आकाङ्क्‌षी छन् । वर्तमान उपाध्यक्षहरू दिनेश कुमार राजवंशी र ज्ञानु भट्टराई तथा सचिव नमिता न्यौपानेले अध्यक्ष पदमा दाबी गरेका छन् । उपाध्यक्ष पदका लागि ९ जना आकाङ्क्‌षी देखिएका छन् ।

    जसमा धर्मलाल माझी, सरस्वती ओझा, सावित्रा गौतम पुष्पा, चन्द्र वन, दिनेश कुमार कामत, रामबती साह, सनोज यादव, शारदा मैनाली र बद्री दाहाल छन् ।

    सचिव पदका लागि केपी चौलागाई, आजम प्रवेज र पुष्पराज भट्टराईले आफ्नो दाबी प्रस्तुत गरेका छन् । सहसचिव पदमा आठ जनाको आकांक्षा देखिएको छ ।

    जसमा मोहन ढकाल, भरत गिरी, सोनु केवट, राज यादव, विनोद यादव, द्वारिका रेग्मी, चम्पा कार्की र राजेन्द्र थापा मुख्य दाबेदारका रूपमा छन् ।

    कोषाध्यक्ष पदमा भने कुनै प्रतिस्पर्धा नभएको निर्वाचन समितिले जनाएको छ । मनिष सोनीको एकल दाबी परेकोले उनी सर्वसम्मत हुनेछन् । यद्यपि निर्वाचन समितिले आधिकारी घोषणा गर्न भने बाँकी रहेको छ ।

    हाल निर्वाचित कार्यसमिति ८१ सदस्यीय रहेको छ भने थप १८ सदस्य मनोनयनमार्फत समितिमा समावेश गरिनेछ । समग्रमा ९९ सदस्यीय महानगर कमिटी बन्नेछ जसमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव १ र कोषाध्यक्ष १ गरी ७ पदाधिकारी हुनेछन् ।

    पदाधिकारी चयनमा आकाङ्क्‌षीहरूको सङ्ख्या धेरै भएको कारण सहमतिको आधारमा टुङ्गो लगाउने प्रयत्न भइरहेको छ । त्यसका लागि एक हप्ताको समय दिने निर्णय गरिएको माओवादीले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ बैशाख ८, सोमबार २१:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP