logo
  • २०८२ बैशाख ११ | Thu, 24 Apr 2025
  • सिरहा क्याम्पस स्ववियु सभापतिमाः पृथ्वी यादव

    सिरहा क्याम्पस स्ववियु सभापतिमाः पृथ्वी यादव

    लोकेन्द्र प्रसाद यादव
    बोदे बरसाईन। सिरहा सदरमुकाम स्थित रहेका सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको छ ।
    त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहामा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको निर्वाचन अधिकृत वीरेन्द्र यादवले जानकारी दिए।
    सभापतिमा पदमा नेविसंघका उम्मेदवार पृथ्वी कुमार यादवले १७८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिप्रस्पर्धी अखिल (क्रान्तिकारी विद्यार्थि जनमत संघ संयुक्त प्यानल) सतिस कुमार मण्डलले १०५ मत प्राप्त गरेका हुन् ।
    त्यस्तै, सचिव पदमा नेविसंघका उम्मेदवार रमेश कुमार यादवले १९२ मत प्राप्त गरेको छ। भने उनकी निकटतम प्रतिस्पर्धि संयुक्त विद्यार्थी मोर्चाका गणेश कुमार दासले १०२ मत प्राप्त गरेको हो। कोषाध्यक्ष पदमा नेविसंघबाट राम यादवले १८४ मत पाएका छन्। भने संयुक्त विद्यार्थी मोर्चाबाट सोनु कुमार गोइतले ११५ मत पाएका छन्।
    सदस्यहरुमा नेविसंघतर्फबाट उपेन्द्र कुमार गुप्ता १९६, राधिका कुमारी मण्डल १९२,कन्चन पासमान१८२,आरती कुमारी मण्डल१८४,अजिता कुमारी यादव१९१,बिशाल यादव१९१,मनिषा कुमारी यादव १८२ मत पाएर नेविसंघको सिंगो प्यानल नै विजयी भएको हो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र ६, बुधबार १०:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP