logo
  • २०८३ जेष्ठ १५ | Fri, 29 May 2026
  • महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमाः रंजित यादव विजय

    महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमाः रंजित यादव विजय

    राजविराज। महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियन (स्वबियू) सभापतिमा रंजित यादव दोहोरिएका छन् ।

    दोस्रो पटक उम्मेदबार बनेका उनी ३९३ मत प्राप्त गरी विजयी भएका हुन् । उनी समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदबार थिए ।

    स्वतन्त्र उम्मेदबार बिनय यादव ३३२ मत ल्याई दोस्रो र अनेरास्वबियूका मनिषा कुमारी साहले ३३१ मत ल्याई तेस्रो भएकी छन् ।

    सचिवमा मुकेश कुमार साह ३९५ मत ल्याई निर्वाचित हुँदा कंचन कुमारी ठाकुर ४१० मत प्राप्त गरी कोषाध्यक्षमामा निर्वाचित भएका छन् ।

    मंगलबार भएको निर्वाचनमा कुल २ हजार ७३१ मतदाता रहेको क्याम्पसमा १ हजार २७२ जनाले मतदान गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र ६, बुधबार १०:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP