लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन। जनता समाजवादी पार्टी नेपालको बोदे बरसाईन नगर कार्य समितिको बैठक बोदे बरसाईन बजारमा सम्पन्न भएका छन्। सो बैठक नगर समिति अध्यक्ष अमरेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको छ।
सो बैठकले जसपा नेपालको सप्तरी जिल्ला अधिवेशनका लागि अमरेन्द्र प्रसाद यादव, चरित्र प्रसाद यादव, खातुन देवी मियाँ सहित तीन सदस्य प्रतिनिधि छनौट गेका छन्।
उक्त बैठक समाजवादी युवा संघको केन्द्रीय उपाध्यक्ष तथा बोदे बरसाईन नगरपालिकाका मेयर आतेश कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त बैठकमा जसपा नेतृ बोदे बरसाईन नगरपालिका उपमेयर रेणु कुमारी साह, जसपा नगर समिति उपाध्यक्ष बेचनी देवी दास, सचिव शंकर प्रसाद चौधरी लगायत जसपा नेपाल आवद्ध नेताहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया