logo
  • २०८२ फाल्गुन ५ | Tue, 17 Feb 2026
  • सुरूङ्गा नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खनन् बन्द

    सुरूङ्गा नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खनन् बन्द

     

    बोदे बरसाईन। सप्तरीको सुरूङ्गा नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन्, संकलन, बिक्री वितरण र निकासी बन्द गरेकाे छ।

    नगरपालिकाले आइतवार सूचना प्रकाशित गर्दै यस नगरपालिका भित्र भएर बहने विभिन्न ठूला तथा सहायक नदीनालाहरु, निजी जग्गाहरुबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, वालुवा र माटो)को उत्खनन्, संकलन, बिक्री वितरण र निकासी गर्ने सम्पूर्ण कार्य बन्द गरेको जनाएको हो ।

    ढुङ्गा,गिट्टी, वालुवा उत्खनन्, बिक्री तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ बमोजिम प्रत्येक बर्षको असार १ गते देखी भाद्र महिनाको मसान्त सम्म नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा बिक्रि वितरण सम्बन्धी कार्य स्थगित गरिन्छ । सोही अनुरुप नगरपालिकाले अर्को सूचना प्रकाशन नभएसम्मको लागि नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा बिक्रि वितरण सम्बन्धी कार्य बन्द गरिएको उल्लेख गरेको छ।

    नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत (उपसचिव) गोरखनाथ मिश्रले जारी गरेको सूचनामा अनुसार सम्पूर्ण उपभोक्ता, निर्माण ब्यवसायी तथा सर्व-साधारणमा पर्न जाने असुबिधा प्रति नगरपालिका क्षमाप्रार्थी रहेको जनाइएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १, आईतवार १८:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP