राजविराज। शम्भुनाथ नगरपालिकाको कार्यवाहक नगरप्रमुख अनिता कुमार चौधरीको सल्लाहकार अनिल कुमार भगतको क्रियाकलापमा भ्रष्टाचारको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले अनिल कुमार भगतका गतिविधिहरूको अनुसन्धान थालेको छ।
भगतले नगरपालिकामा गैरकानुनी क्रियाकलाप र योजनाहरूमा कमिसन उठाउने खेलमा लागेको आरोप राजनीति दलले लगाएपछि अख्तियारले अनुसन्धान थालेको हो।
अख्तियारको कार्यालयले मिति २०८२ असार ८ गतेको पत्रमा कार्यवाहक नगरप्रमुख चौधरीलाई अनिल कुमार भगतलाई सल्लाहकारको रूपमा कुन प्रक्रियामा नियुक्त गरिएको हो, र उनलाई के कस्ता जिम्मेवारीहरू दिइएका छन्, भन्ने जानकारी प्रस्त पार्न निर्देशन दिएको छ। यसका लागि नगरपालिकाले सात दिन भित्र आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने भनिएको छ।
प्रतिक्रिया