logo
  • २०८२ बैशाख १० | Wed, 23 Apr 2025
  • काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा राजुनाथ पाण्डे, हटाइए धनपति सापकोटा

    काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा राजुनाथ पाण्डे, हटाइए धनपति सापकोटा

    काठमाडौं,०६ भदौ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले पाएका छन्। आइतबार काठमाडौं महानगरपालिकाले प्रहरी उपरीक्षक धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएको हो।

    बिहीबारको निर्णयअनुसार पाण्डेले आइतबार पदबहाली गरेका हुन्। महानगरपालिकाले यसलाई नियमित प्रक्रिया भएको जनाएको छ। पदबहाली लगत्तै उनले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई ब्रिफिङ गरेका थिए। पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेको महानगरले जनाएको छ। उनको २०७७ सालमा नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको थियो ।

    २०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन —२०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उनको पदोन्नति भएको हो । त्यस ऐनबाट महानगरमा कार्यरत १५ सय ५० कर्मचारीहरुको १ तह माथिको पदमा समायोजन भएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ भाद्र ६, सोमबार ०४:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP