logo
  • २०८२ बैशाख ६ | Sat, 19 Apr 2025
  • सिराहामा मतपेटिका खोसाखोस, प्रहरीले चलायो गोली

    सिराहामा मतपेटिका खोसाखोस, प्रहरीले चलायो गोली

    दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।

    सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।

    स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका खोसाखोस भएपछि  केहीबेर तनाव भएपनि केहीबेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ मंसिर ४, आईतवार ०४:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP