logo
  • २०८३ बैशाख ३ | Thu, 16 Apr 2026
  • कविताः हिमालको सास, मानवको जिम्मेवारी 

    कविताः हिमालको सास, मानवको जिम्मेवारी 

    कविताः हिमालको सास, मानवको जिम्मेवारी 

     

    तोमनाथ उप्रेती 

     

    हिमाल

    चुपचाप रोइरहेछन्

    ग्लेसियरका आँसु बगाउँदै

    तीव्र तापक्रमको आगोमा पग्लिँदै

    ‘तेस्रो ध्रुव’को मुटु टुक्रिँदै छ

    तालहरू

    विस्फोटका सपना देख्छन्।

    रूखहरू

    शुन्यता बोकेर उभिएका छन्,

    हावा भनिरहेका छन्

    मानवको ह्रासले हामीलाई जलाउँछ।

    नदीहरू

    बिस्तारै गुनासो गर्छन्

    पहाडका ढलानमा खनिएका योजना

    गिट्टीका बोझले

    हाम्रा हातले बनाएका बाँध

    सडक

    माटोको उर्वरा शक्ति च्यातेर

    अविरल खतराको गीत गाइरहेका छन्।

    बाघ, चितुवा, लामखुट्टे

    सगरमाथाको कुर्सीमा उक्लिरहेका छन्

    तापक्रम बढ्दा

    प्रजाति विस्थापित हुँदै

    मानव र वन्यजन्तुको संवाद टुट्दै।

    तर

    आवाज छैन

    केवल विनाशको

    सञ्चित वर्षा

    हरित ऊर्जा

    पानीको संरक्षण

    वृक्ष रोप्ने उत्साह

    हामीलाई सम्झाउँछ

    जीवन र हिमाल एक अर्कामा बाँच्ने प्रण।

    यदि हामी फेरि सुन्यतालाई भरिदिन्छौं भने

    हिमालले हामीलाई मात्र डुबाउँदैन

    सागर, खेत, गाउँ, शहर

    सबै सास फेर्न सक्दैन।

    तर

    यदि हामी विवेकपूर्वक जलस्रोत बचाउँछौं

    वन र नदीको साथमा नाच्छौं

    भविष्यका पुस्ता हिमालको संगीत सुनिरहन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख २, बुधबार १९:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP