logo
  • २०८२ बैशाख १० | Wed, 23 Apr 2025
  • कीर्तिपुरमा मिटरब्याज पीडितमाथि प्रहरीको लाठी

    कीर्तिपुरमा मिटरब्याज पीडितमाथि प्रहरीको लाठी

    कीर्तिपुर — न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले कीर्तिपुरमा बल प्रयोग गरेको छ । कीर्तिपुरमा अस्थायी बसोबासस्थल बनाएका उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । सोही क्रममा उनीहरुमाथि प्रहरी जाइलागेको हो । ४१ दिनदेखि उनीहरु कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका थिए । प्रहरी आन्दोलनरत किसानलाई कीर्तिपुरमा रोकेको छ ।

    प्रहरीको कुटाईबाट ४–५ किसान तथा युवाहरु घाइते भएका छन् । प्रहरीले आफूहरुमाथि बलप्रयोग गरी घेराबन्दीमा राखेपनि उनीहरुले सरकारसामु न्यायको माग गर्दै नाराबाजी गरेका थिए । अहिले प्रहरीले करिब २० प्रदर्शनकारीहरुलाई उक्त स्थानबाट नियन्त्रणमा लिएर गएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ भाद्र २७, सोमबार ०७:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP