logo
  • २०८२ असार २ | Mon, 16 Jun 2025
  • अवैध काठसहित ट्रयाक्टर प्रहरी नियन्त्रणमा

    अवैध काठसहित ट्रयाक्टर प्रहरी नियन्त्रणमा

    सिरहा : डिभिजन वन कार्यालय लहान, सिरहाले अवैध रूपमा ढुवानी गरिएको काठसहित एक ट्रयाक्टर नियन्त्रणमा लिएको छ।
    गोलबजार नगरपालिका—१ भुल्केबाट करिब २५ वटा गमहाइर प्रजातीका गोलिया काठ सहित ट्रयाक्टर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय लहानले जनाएको छ।
    ईलाका प्रहरी कार्यालय गोलबजारबाट नियमित गस्तीमा खटिएको टोलीलाई देखेपछि ट्रयाक्टर चालक गाडी छाडेर फरार भएको हो।
    बेबारीस रुपमा छाडिएका ट्रयाक्टर र काठ प्रहरीले डिभिजन वन कार्यालय चोहर्वासंग समन्वयमा जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर गोबिन्द प्रसाद साहले जानकारी दिए।
    हाल ट्रयाक्टर र काठ कसको हो भन्ने खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले लहान जनाएको छ।

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ ४, आईतवार २१:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP