सिरहा । नवराजपुर गाउँपालिका वडा नम्बर-३ का युवा नेता राम सुरेश यादवमाथि लागेको आपराधिक उपद्रव मुद्दा बुधबार हेर्दाहेर्दैमा परेको छ ।
सिरहा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवराजपुर गाउँपालिकामा भएको तोडफोड घटनामा संलग्न भएको भनी नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवको जाहेरीले जनमत पार्टीका युवानेता राम सुरेश यादवसहित ६ जना युवामाथि अपराधिक उपद्रव मुद्दा दर्ता गरेका हुन् ।
यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा नवरजापुर गाउँपालिका वडा नम्बर -३ जनमत पार्टीबाट वडा अध्यक्ष पदका चुनाव लडनु भएको थियोे ।
सिरहा जिल्ला अदालतको हिरासत कक्ष, तस्बिर : भ्वाइस खबर

प्रतिक्रिया