logo
  • २०८३ मंसिर ७ | Sun, 22 Nov 2026
  • ‎सप्तरीमा रकम दोब्बर बनाइदिने भन्दै ठगी गर्ने ‎एक जना पक्राउ

    ‎सप्तरीमा रकम दोब्बर बनाइदिने भन्दै ठगी गर्ने  ‎एक जना पक्राउ

    लोकेन्द्र यादव
    ‎बोदेबरसाईन । रकम दोब्बर बनाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा सप्तरीमा एक जना पक्राउ परेका छन् ।
    ‎पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामाका करिब ५२ वर्षीय हनुमानी भन्ने रामबहादुर रजक रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    ‎
    ‎प्रहरीका अनुसार रजकसहितको समूहले रकम दोब्बर बनाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम लिई सम्पर्कविहीन भएको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।
    ‎उक्त जाहेरीका आधारमा प्रहरीले रजकलाई कात्तिक १७ गते ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ गरेको हो ।
    ‎
    ‎उनलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।
    ‎
    ‎प्रहरीले रजकबाट पीडित भएका अन्य व्यक्तिलाई आवश्यक प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा उपस्थित भई जाहेरी दिन अनुरोध गरेको छ ।
    ‎
    ‎साथै रकम दोब्बर बनाइदिने लगायतका प्रलोभनमा नपर्न र यस्ता गतिविधिप्रति सचेत रहन प्रहरीले सर्वसाधारणलाई  सप्तरी प्रहरीले आग्रह गरेको छ ।
    ‎
    ‎‎रजक यसअघि पनि पैसा दोब्बर बनाइदिने भन्दै ठगी गरेको आरोपमा १४ जनाको उजुरीका आधारमा २०८१ पुस २१ गते पक्राउ परेका थिए। त्यसबेला ११ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी कारागार पुगेका थिए। पछि धरौटी बुझाएर रिहा भएका रजक पुनः ठगीको आरोपमा पक्राउ परेका हुन्।
    ‎
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ मंसिर ६, आईतवार १९:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP