logo
  • २०८२ असार ३२ | Wed, 16 Jul 2025
  • कमिसन नपाएकै कारण भुक्तानी रोकिएको कम्पनीको आरोप : अख्तियार गुहार्न बाध्य

    कमिसन नपाएकै कारण भुक्तानी रोकिएको कम्पनीको आरोप : अख्तियार गुहार्न बाध्य

    राजविराज।रुपनी गाउँपालिकाविरुद्ध नागरिक प्रोफाइलिङको काम सम्पन्न गरेपछि पनि भुक्तानी नपाएको भन्दै विजनेस विथ टेक्नोलोजी प्रा.लि. नामक सूचना प्रविधि कम्पनीले सार्वजनिक रूपमा गुनासो गरेको छ।

    कम्पनीका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा रुपनी गाउँपालिकाको वडा नम्बर २ को वडास्तरीय योजना अन्तर्गत “डिजिटलाइजेशन तथा ग्रुप एसएमएस कार्यालय” स्थापनाको कामका लागि सम्झौता गरिएको थियो। सम्झौताअनुसार गाउँपालिकाबाट विधिवत कार्यादेश प्राप्त गरी करिब ६,००० नागरिकको एकीकृत पारिवारिक विवरण डिजिटल प्रणालीमा रूपान्तरण गरिएको थियो।

    कम्पनीले मिति २०८१ साल असार १७ गते काम सम्पन्न गरेपछि सम्झौताअनुसारको भुक्तानी माग गर्दै बिल पेश गरेको थियो। तर, लामो समयसम्म पनि कुनै भुक्तानी नभएको कम्पनीको गुनासो छ। बारम्बार ताकेता गर्दा पनि गाउँपालिकाले “फाईल हराएको”, “१८ नम्बर नउठेको” जस्ता बहाना बनाउँदै आएको कम्पनीले आरोप लगाएको छ।

    विजनेस विथ टेक्नोलोजी प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रेणु कुमारी यादवद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “काम सम्पन्न भएर पनि यति लामो समयसम्म भुक्तानी नपाउनु दुर्भाग्यपूर्ण हो। यो व्यवहारले हाम्रो कम्पनीको आर्थिक सञ्चालनमा गम्भीर असर पारेको छ।”

    कम्पनीले मिति २०८२ साल वैशाख १९ गते र त्यसपछि जेठ ४ गते गरी दुईपटक लिखित ताकेता पठाएको थियो। अन्तिम ताकेतामा भुक्तानी जेठ ३० गतेसम्म नभएमा कानुनी प्रक्रिया अघि बढाउने स्पष्ट उल्लेख गरिएको छ। यसबीचमा कम्पनीले नेपाल सरकारलाई बुझाउनु पर्ने भ्याट (VAT) समेत समयमै दाखिला गरिसकेको जनाएको छ।

    समस्या समाधानका लागि कम्पनीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (टंगाल र इटहरी), जिल्ला प्रशासन कार्यालय सप्तरी, र कोष तथा लेखा नियन्त्रक कार्यालय राजविराजलाई समेत जानकारी गराइसकेको छ।

    गाउँपालिकाले भने अहिलेसम्म यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १, आईतवार २२:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP