हाइकुहरू
तोमनाथ उप्रेती
१.
पग्लँदो हिमाल
घर खोज्दै हिँड्छ मानिस
धरती रोइरहेकी
२.
बाढीको आँसु
डुब्यो गाउँको इतिहास
परदेश यात्रा
३.
सुक्दैछ जंगल
हावाले बोक्यो पीडा
मान्छे विस्थापित
४.
तप्तो पृथ्वी
घरविहीन बने सपना
आकाश साक्षी
५.
जलवायु घाउ
सीमाना खोज्दै जीवन
वातावरण शरणार्थी
प्रतिक्रिया