हाइकुहरू
तोमनाथ उप्रेती
१.
ज्ञानको ज्योति
कर्मले बनाउँछ बाटो
अहं ब्रह्मास्मि।
२.
मनको शुद्धि मात्र
सत्यको मार्ग खोल्छ यहाँ
धर्म र विवेक।
३.
आत्म–प्रज्ञा छायाँ
सत्कर्मको प्रतिबिम्बमा
अनन्त शान्ति।
४.
लोभ, अहंकार
सत्कर्मको अगाडि झुक्छन्
सत्य विजय हुन्छ।
५.
धर्म र कर्म मिलेर
असत्यलाई नष्ट गर्छन्
जीवन उजागर।
६.
ध्यान र विवेकले
अज्ञानता मेटाउँछ यहाँ
मन मुक्त हुन्छ।
७.
सतो गुण शुद्धि
आत्म–ज्ञानको बीउ बोन्छ
रजो तमो हराउँछ।
८.
सत्य, करुणा, प्रेम
मानवता जीवित राख्छ
आत्म–चेतनाले।
९.
मृत्यु पनि शिक्षा
त्यागमा जीवन उभिन्छ
प्रकाश अनन्त।
१०.
पूर्वीय दर्शन
आत्म–ज्ञान र कर्मयोग
समग्र मानवता।
प्रतिक्रिया