logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • कविताः हर्मुजको मुस्कान र व्हाइट हाउसको आँसु

    कविताः हर्मुजको मुस्कान र व्हाइट हाउसको आँसु

    कविताः हर्मुजको मुस्कान र व्हाइट हाउसको आँसु

     

    तोमनाथ उप्रेती

     

    रातको गर्जनमा

    ट्रम्पले घोषणा गरे

    “सभ्यता भोलि बिहान चियासँगै समाप्त हुनेछ!”

    तर

    बिहान उठ्दा

    उनको ट्विटजस्तो साहस

    अलार्मको स्नूज बटनमा हरायो

    विश्व नक्सा

    एक चेसबोर्डजस्तो बन्यो

    जहाँ

    इरान

    राजा होइन,

    शान्त हाँसो बोकेको ऊँटजस्तो खेल्थ्यो

    संयुक्त राज्य अमेरिका

    हात्ती भएर पनि

    बालुवामा फसिरहेको थियो…

    हर्मुजको जलमार्ग

    कुनै साधारण पानी थिएन

    त्यो त

    विश्व अर्थतन्त्रको नाडी थियो,

    जसलाई

    इरानले आफ्नो औंलाले थिच्यो

    विश्वले एकैसाथ सास रोक्यो

    तेलका थोपा

    अब आँसु बने

    स्टक बजार

    जुवाडेको मुटुजस्तो काँप्यो

    पेट्रोल पम्पहरू

    मानव पीडाका मन्दिर बने

    इतिहास हाँस्यो

    भियतनामको जंगलबाट

    अफगानिस्तानका पहाडसम्म

    युद्धहरूले फुसफुसाए

    “हामी गोलीले होइन,

    अहंकारले जितिन्छौं…”

    भ्लादिमिर पुटिनको छायाँ

    किभको गल्लीबाट करायो

    गल्तीहरू पनि

    महाशक्तिहरूको साझा भाषा हो

    त्यसबीच

    बेन्जामिन नेतन्याहु

    रङ्गमञ्चको निर्देशक बने

    जहाँ युद्ध

    नाटक थियो

    जनता

    अनभिज्ञ दर्शक

    व्हाइट हाउस

    अब कुनै सत्ता केन्द्र होइन

    यो त

    अनिश्चितताले भरिएको

    एक हास्य क्लब बनेको थियो

    जहाँ सल्लाहकारहरू

    न्यूक्लियर विज्ञानलाई

    कफीको रेसिपीजस्तो बुझ्थे

    निर्णयहरू

    टिकटक ट्रेन्डझैँ

    छिटो र सतही हुन्थे

    युद्ध कविता बन्यो

    जहाँ शब्दहरू गोली थिए

    अर्थहरू विस्फोट

    तर

    सबैभन्दा गहिरो व्यङ्ग्य त यो थियो

    विश्वलाई बचाउने नाममा

    नेताहरू

    आफ्नै छायाँसँग हारिरहेका थिए

    हर्मुज

    शान्त समुन्द्रझैँ मुस्कुरायो

    किनकि

    उहाँलाई थाहा थियो,

    मानव सभ्यता

    धम्कीले होइन,

    मूर्खताले समाप्त हुन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ २, शनिबार १२:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP