हाइकुहरू
तोमनाथ उप्रेती
१.
हर्मुज साँघुरो
तेल बोकेको जहाज
बारुद झैँ तैर।
२.
समुद्र रोइरहेछ
तर लहर होइन अब
लोभको आवाज।
३.
ट्याङ्करहरू दौड्छन्
शान्ति छेउबाट भाग्दै
इतिहास डराउँछ।
४.
पानी मौन छ
गोली बोल्दै छ फेरि
नक्सा जलिरहे।
५.
रोटीभन्दा सस्तो
गोलीको बजार खुल्यो
मानवता घटे।
६.
बन्दरगाह रो
प्रार्थना बिना देवता
कागजमा हराए।
७.
ड्रोनको छायामा
सूर्य पनि लुक्छ अब
आकाश बन्द भो।
८.
माछा होइन अब
ग्राफमा तैरिन्छ जीवन
भोक गणित भयो।
९.
सुपरमार्केट
मासु प्रदर्शन हुन्छ
आँखा थाकिरहे।
१०.
मरुभूमि रोप्छ
हरियो सपना तर
रगत सिंचाइ।
११.
सीमा होइन यो
थालको सानो युद्ध हो
भोकले जित्छ अब।
१२.
जहाज मोडिन्छन्
मानव विवेक हराउँदै
दिशा टुटिरहे।
१३.
हर्मुजको घाँटी
सभ्यता अड्किरहेछ
निल्दै आफ्नै छाया।
१४.
शान्ति मूल्य ट्याग
सबैभन्दा महँगो वस्तु
खाली हात संसार।
प्रतिक्रिया