लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन। सप्तरी प्रहरीले बोदे बरसाईन नगरपालिका वडा -३ हुलाकी राजमार्गको बिहुल पुल भन्दा १०० मिटर पूर्वबाट गाँजा सहित स्कार्पियो गाडी सप्तरी प्रहरीले नियन्त्रणमा लिइएको छ। सो स्कार्पियोबाट ३० वटा पलाष्टिक बोराबाट ७ क्विन्टल ११ किलोग्राम गाँजा बरामद गरेको हो।
बलान बिहुल-२ चन्ही चाैकबाट – बोदेबर्साईनतर्फ आउने हुलाकी सडक खण्डमा दुईवटा गाडी रोकेर गाँजा झारी रहेको अवस्थामा प्रहरी चाैकी मौवाहाबाट प्रहरी सहायक निरीक्षक हेमन्त कुमार तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र .१-०२-००२ च ५८३४ न.को स्कार्पियो गाडीको चालक गाडी र गाँजा छाडी अर्को नम्बर नखुलेको स्कार्पियो चढी फरार भएको जिल्ला प्रहरी सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो।
फरार स्कार्पियो चालकको खोजतलास भईरहेको गाँजा र स्कार्पियो गाडीको आवश्यक कार्वाहीको लागि थप अनुसन्धान भई रहेको तथा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो।

प्रतिक्रिया