सिरहा। सिरहा नगरपालिका नगरप्रमुख डा. नविन यादवद्वारा समाजिक संजाल फेस्बुकमा भिडियो पोस्ट गरि सिरहाका सञ्चारकर्मीहरुप्रति दिइएको धम्कीपूर्ण अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ शाखा कार्यालय सिरहा
प्रेस बिज्ञप्ती घोर आपत्ती प्रकट गर्दछ ।
यहीँ जेठ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले सिरहा नगरपालिकामा विभिन्न फाईलहरुमाथी गरेको छानविनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्नु सञ्चारकर्मीको पेशागत दायित्व हो, जसलाई रोक्न खोज्नु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन हो, जारी गरेको बिज्ञप्तीमा उल्लेख रहेको छ ।
नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादवले हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ, मेयर यादवले समाचार लेख्ने सञ्चारमाध्यम र पत्रकारहरुलाई समेत चेतावनी दिँदै कार्यवाहीको धम्की दिनु लोकतान्त्रिक मूल्यमान्यताको अपमान हो। नगर प्रमुख यादवको यो अभिव्यक्ती र व्यवहारले प्रेस स्वतन्त्रतामाथि दमन गर्ने दुस्साहसिक प्रयासको सङ्केत गर्दछ, जुन कुनै हालतमा महासंघले स्वीकार गर्दैन ।
नेपाल पत्रकार महासंघ स्पष्ट रूपमा भन्न चाहन्छ कि पत्रकारलाई धम्की दिएर सत्य र तटस्थ समाचार लेखनमा रोक लगाउन खोजिएमा त्यसको प्रतिवाद गरिनेछ । हामी सबै तहका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारलाई सुरक्षित वातावरण समाचार संकलन गर्नदिन आग्रह गर्दछौं।
यस घटनाको निष्पक्ष छानविन गरी जिम्मेवार व्यक्तिलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्दै महासंघ सम्पूर्ण सञ्चारकर्मीहरूलाई सचेत र एकजुट रहन आह्वान समेत गरेका छन्।
प्रतिक्रिया