logo
  • २०८२ फाल्गुन २८ | Thu, 12 Mar 2026
  • गर्मी बढेपछी कटारी नगरपालिकामा विद्यालयम दुई दिन बनद हुने

    गर्मी बढेपछी कटारी नगरपालिकामा विद्यालयम दुई दिन बनद हुने

    गाईघाट। कटारी र गर्मीवढेपछीे कटारी नगरपालिकाले दुई दिनका लागि विद्यालयहरु विदा दिएको छ । आज नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठद्वारा जारी सूचना अनुसार भोलि विहिबार र पर्सी शुक्रबारका लागि विदा दिईएको हो ।
    गर्मीका कारण नगरभित्रका विद्यालयहरुमा छात्र छात्राहरु वेहोस हुने र ढल्ने समेत हुन थालेका थिए । कटारी ५ को सरस्वती माविमा आज मात्रै गर्मीले चारजना छात्राहरु वेहोस भएको शिक्षक खड्ग निरौलाले जानकारी दिनुभयो ।
    कटारीमा तीनदिनदेखि तापक्रम झण्डै चालिस डिग्रीसम्म पुगेको छ । गर्मीका कारण जनजीवन समेत प्रभावित भएको छ । अधिकांस विद्यालयहरुमा जस्तापाताका छानाहरु छन् । जहाँ गर्मीले विद्यार्थीहरु पठन पाठनमा नै संलग्न हुन सक्ने अवस्था नरहेको शिक्षकहरुले बताएका छन् ।
    मेयर श्रेष्ठद्वारा जारी सूचनामा नगरका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरु दुईदिन विदा गर्न उल्लेख गरिएको छ ।“अत्यधिक गर्मीमाले वालवालिकामा पर्न सक्ने असरलाई ध्यानमा राख्दै स्थानीय सरकारको तर्पmबाट आवश्यक निर्णय लिनु अपरिहार्य भएको छ ।”सूचनामा उल्लेख छ ,“यो सूचना जानकारी गराईदिनुहुन सवै वडा कार्यालय , जनप्रतिनिधि तथा विद्यालयहरुलाई अनुरोध गरिएको छ ।”
    तापक्रम चिसो भएका माथिल्लो वडाहरुमा भने पठन पाठन सुचारु गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २९, बिहीबार ००:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP