logo
  • २०८३ बैशाख १ | Tue, 14 Apr 2026
  • मबिब क्याम्पस प्रमुख कर्ण बने, इन्टेलेक्चुअलको आजिवन सदस्य

    मबिब क्याम्पस प्रमुख कर्ण बने, इन्टेलेक्चुअलको आजिवन सदस्य

    लोकेन्द्र प्रसाद यादव
    बोदे बरसाईन। सप्तरीको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजका क्याम्पस प्रमुख डा. सुशील चन्द्र कर्णले इन्टेलेक्चुअल फाउण्डेशन नेपालको आजिवन सदस्य बन्नु भएको छ।

    सो फाउन्डेसनले संचालन गरेको शैक्षिक सुधारको लागि “शैक्षिक जागरण अभियान”लाई सहयोग पुर्याउने उद्देश्यले आजिवन सदस्य बन्नु भएको क्याम्पस प्रमुख कर्णको भनाइ रहेको छ। क्याम्पस प्रमुख कर्ण राजबिराज नगरपालिका-५ का स्थानीय बासिन्दा हुन्।

    इन्टेलेक्चुअल फाउण्डेशन नेपालले मधेश प्रदेशको शैक्षिक सुधारका लागि सार्वजनिक बहस संगै शैक्षिक जागरण अभियान अन्तर्गत सरोकारवालाहरूलसंग विभिन्न विषयमा शैक्षिक छलफल, विद्यालय प्रशासन, अभिभावक, विद्यालय व्यवस्थापन समितिसंग अन्तरक्रिया र मातृभाषा शिक्षा पाउने विद्यार्थी हक हो भनी पैरवी गरि रहेको हो। उक्त संस्थाको नेतृत्व प्रबुद्ध व्यक्ति डा.सूर्य प्रसाद यादवले गरि रहनु भएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १, आईतवार १९:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP