सिरहा। सिरहाको गोलबजार नगरपालिका–४ स्थित रहेका जनता माध्यमिक विद्यालय (प्राविधिक)मा कार्यरत शिक्षिका बिमलाकुमारी झा विदेशमा भए पनि उहाँको नाममा गैरकानुनी तरिकाले तलबभत्ता निकासा दिएपछि शिक्षा शाखा प्रमुखसहित तीन जना कार्वाहीमा परेका छन्।
विद्यालयकी शिक्षिका बिमलाकुमारी झाको नाममा गैरकानुनी तरिकाले तलबभत्ता निकासा भएको सार्वजनिक भएपछि स्थानीहरु विरोधमा उत्रीएपछि नगरपालिकाले छानबिन थालेको हो।
गोलबजार नगर शिक्षा समितिको बुधबार बसेको बैठकबाट शिक्षा शाखा प्रमुख सुबोधकुमार लामा, विद्यालयका प्रधानाध्यापक भरतप्रसाद साह र लेखा प्रमुख रामेश्वर साहको जिम्मेवारी खोसेर छानबिन गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए। उहाँले भने बुधबारदेखि नै लागू हुनेगरी छानबिनको अन्तिम किनारा नलाग्दासम्म उनीहरूलाई नगरपालिकामा उपस्थित गराएर ठाडो हाजिरीमा राखिनेछ भने यो अवधिमा उनीहरूको तलबभत्ता पनि रोक्का रहने नगरपालिकाले जनाएकोछ॥
शिक्षिका बिमलाकुमारी झा पछिल्लो करिब आठ महिनादेखि विद्यालयमा अनुपस्थित भई अस्ट्रेलियामा बसि रहेका छन्। शिक्षिका झा २०८१ जेठ १० देखि नै विद्यालयमा अनुपस्थित छिन् । बिदा स्वीकृत नभइकनै छोरी भेट्न अस्ट्रेलिया गएकी उनी अझै फर्केर आएकी छैनन् ।उहाँको नाममा २०८१ असोजसम्मको तलबभत्ता २ लाख ९६ हजार ३ सय ४५ रुपैयाँ ६३ पैसा निकासा भएको थियो ।
प्रतिक्रिया