लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन। सप्तरीको राजगढ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि कुल ४९ करोड १५ लाख ७७ हजार ६६३ को बजेट प्रस्तुत गरेको छ । नीति कार्यक्रममा सिंचाइका लागि कृषि विद्युतीकरणमा जोड दिने भएको छ।
सोमबार भएको १५ औं अधिवेशन गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो।
गाउँपालिकाका उपाध्यक्ष रेणु मण्डलले बजेट प्रस्तुत गरिन । प्रस्तुत गरिएको बजेटमा चालुतर्फ ३६ करोड ६६ लाख ९५३ र पुजिगततर्फ १२ करोड ४९ लाख ७६ हजार ७१० विनियोजन गरिएको छ ।
वित्तीय समानिकरणतर्फ रु १० करोड १४ लाख, राजस्व बाँडफाँडबाट रू ९ कराेड ३१ लाख ७१ हजार २३, आन्तरिक राजश्व १ कराेड १० लाख ५० हजार, सशत अनुदानबाट २७ करोड ३४ लाख २९ हजार ९३०, प्रदेश सरकार वित्तीय समानिकरणबाट ६९ लाख ९७ हजार र प्रदेश सरकार राजस्व बाँडफाँडबाट ५५ लाख २९ हजार ७१० आय हुने अनुमान गरिएको छ ।
गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष ओमप्रकाश मण्डलले पालिकाभरिका कृषकको सिंचाइ वापतको विद्युत महसुल पालिकाले तिरिदिने बताए ।
आगामी आब २०८२/८३ को अन्त्यसम्म पालिकालाई साक्षर घोषणा गरिने उनले बताए । यो आबमा २ देखि ३ वटा बर्थिङ सेन्टर संचालन गरिने उनले बताए।
प्रतिक्रिया