logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • सप्तरीमा हत्या आरोपमा संलग्न यूवती सुनसरीबाट पक्राउ

    सप्तरीमा हत्या आरोपमा संलग्न यूवती सुनसरीबाट पक्राउ

    बोदेबरसाईन।सप्तरीको डाक्नेश्वरी नगरपालिका- ८ का  ३२ बर्षिय राज कुमार खंगको घाँटी रेटी हत्या गरेको आरोपमा  एकजना पक्राउ परेको छ । पक्राउ पर्नेमा  डाक्नेश्वरी नगरपालिका-९ का २१ बर्षीय तुलसी देवी सरदार रहेको छ।
    उनलाई  बिहिवार राती सुनसरी इनरुवा नगरपालिका-९ स्थित बबियाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको प्रहरीले जनाएको छ । सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसंग आवश्यक समन्वय पश्चात् राती १० बजे नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
    सरदारको साथबाट मृतकले प्रयोग गर्ने  गरेको मोबाइल सेट, घटनामा प्रयोग भएको चक्कु फेला परेको उनले जानकारी दिए । अभियुक्तलाई  कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डिएसपी बस्नेतले बताए ।
    सप्तरीको  राजगढ गाउँपालिका-४ पिप्राहीमा बिहीवार  घाँटी रेटिएको अवस्थामा खंगको शव फेला परेको थियो ।
    स्थानीयले बिहान ८ बजे शव देखेपछि प्रहरीलाई जानकारी हुनसाथ जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुसन्धान टोली खटी शवको पहिचान गरेको डिएसपी बस्नेतले बताए ।
    घटना स्थलमा प्रहरी टोली पुगी प्रारम्भिक अनुसन्धान गर्दा मृतक खंगको पहिचान गरी घटना स्थलमा मधेस  प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली खटी अनुसन्धान कार्यलाई तिब्रता दिएका थिए ।
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १३, शुक्रबार २३:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP