logo
  • २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • गुरुपूर्णिमाको गौरव गाथा

    गुरुपूर्णिमाको गौरव गाथा


    गुरुपूर्णिमाको गौरव गाथा

    तोमनाथ उप्रेती

    व्यासको वाणीमा वेदको वर्षा भयो,
    विपुल व्योममा व्याप्त, व्याकुल हृदयमा उज्यालो भयो।
    गुरु ब्रह्मा, गुरु विष्णु, गुरु महेश्वरका गति,
    गुरुको कृपा बिना, जीवन जलहिन पङ्कजजस्तै सुक्दछ सती।।

    शब्द–शब्दमा सृष्टिको स्वर, मन्त्र–मन्त्रमा मुक्ति–मार्ग,
    गुरुको चरणचिह्नमा, छ सबै संसारको साँचो सर्ग।
    गुरुले दिएको ज्ञान, ज्योति–दीप जस्तै अडिग र अपराजित,
    उदय पर्वतमा उषाको उज्यालो, तिम्रो आत्मालाई उकास्ने अद्भुत गीत।।

    व्यास जयन्तीको वाणीमा–अष्टादश पुराणका पृष्ठ–पृष्ठमा परोपकारको पवित्र पुकार,
    परपीडाको पतन, परहितमा नै प्राणपुष्टि, यही धर्मको विचार।
    आषाढ शुक्ल पूर्णिमाको अमृत–क्षणमा,
    गुरुको गुरुत्व र व्यासको व्याख्या, आत्मा बनी उठ्दछ धन्य यो मनमा।।

    गुरुर्ब्रह्मा, गुरुर्विष्णु, गुरुर्देवो महेश्वर: को गुञ्जन,
    साक्षात् परब्रह्म, गुरुकै चरणमा शरण।
    आचार्यदेवो भव: को आत्मस्मरण,
    गुरुपूर्णिमाको उज्यालोमा, बोधको बिर्सिएको पहिचान।।

    गुरुको गहन दृष्टिमा गगनको गाथा गुन्जन्छ,
    ज्ञानको गङ्गामा पाप–अज्ञानको कालो माटो बग्छ।
    गुरुको उपदेश, चन्द्रमाजस्तै शीतल र शुद्ध,
    आत्मा बनी उज्यालो, अन्धकारलाई चिर्दै उड्दछ उच्च।।

    ओ गुरुदेव! ज्ञानदीपका रक्षक, चेतनाका चालक,
    तिमी बिना, यो जीवन, केवल कालो पर्खालमा अड्केको पाख।
    आत्म–अज्ञानको अन्धकार, तिम्रो दृष्टिले हुन्छ दग्ध,
    ज्ञानको गगनमा तिम्रो अमृतवर्षाले नै हुन्छ उद्धार।।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार २६, बिहीबार ०७:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP