बोदेबरसाईन। सप्तरीको बोदेबरसाईन नगरपालिका–७ बाट काचन गाउँतर्फ जाने मुख्य सडक अत्यन्तै जर्जर अवस्थामा पुगेको छ। सडकभरि खाल्डाखुल्डी र पानी जम्दा स्थानीयवासीहरू दैनिक रूपमा सास्ती भोग्न बाध्य छन्।
वर्षाको समयमा झन् समस्या बढेको स्थानीयको गुनासो छ। सडक हिलाम्य र फोहोर भएपछि नगरपालिका मुख्य बजार मानराजा र बोदेबराईन बजारसम्म आउन समस्य भई रहेको कचनका स्थानीय राजन दासले बताए।
स्थानीय बासिन्दा राजकिशोर यादव भन्छन्, “यो सडक हरेक वर्ष झन् बिग्रिरहेको छ। बगबिरा गाउँको मूखमानै बाटो हिल्मै भएको छ। सोबाटो मर्मतका लागि वडा कार्यालय र नगरपालिकाले कुनै चासो देखाएका छैनन्।
उक्त सडकमा भएको खल्डाखुल्डीले आवागमन झन् जोखिमपूर्ण बनाएको छ।
यता, बोदेबरसाईन नगरपालिका–७ का वडाध्यक्ष बिजय नारायण कापैरसंग सो विषयमा बुझ्न पटकपटक फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन।
स्थानीय बासिन्दाहरूले सडक तत्काल मर्मत गरी आवतजावत सहज बनाउन माग गरेका छन्।
प्रतिक्रिया