बोदेबरसाईन। बहुचर्चित गाैर हत्याकाण्डमा आफ्ना अध्यक्ष उपेन्द्र यादवलाई सरकारले फसाउन खाेजेकाे भन्दै सप्तरीका विभिन्न ठाउँमा जसपा नेपालले प्रदर्शन गरेकाे छ ।
जसपाकाे सप्तरी कार्यसमितिले स्थानीय गजेन्द्र चाैकमा टायर बालेर सरकार र अदालतविरूद्ध प्रदर्शन गरेकाे हाे । तराई मधेशलाई मरुभूमि हुनबाट जाेगाउन भुमि विधेयकमा ओली सरकारलाई उपेन्द्र यादवले साथ नदिएकाे झाेकमा सरकारकाे इसारामा सर्वोच्च अदालतबाट गाैर घटना छानबिन गर्न आदेश आएको प्रदर्शनकारीकाे भनाइ छ ।

यस्तै हुलाकी सडक खण्डको बोदेबरसाईन बजारको सत्रुघ्न चाैकमा टायर बालेर सरकार र अदालतविरूद्ध प्रदर्शन गरेकाे हाे ।जिल्लाकै भारदह, पातो लगायतको ठाउँमा प्रदर्शन भएको छ।
आजै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गाैर हत्याकाण्डकाे छानबिनको काम अघि बढाउन राैतहट प्रहरीलाई परमादेश दिएको हो ।

जसपाले भने उक्त पुराना मुद्दालाई षड्यन्त्र तहत अगाडि बढाइयाे भने कडा आन्दोलन हुने चेतावनी दिएका छन् ।
प्रतिक्रिया