logo
  • २०८२ माघ ४ | Sun, 18 Jan 2026
  • नगरप्रमुख संग तलब माग्दा अपशब्द प्रयोग , माफि मगाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

    नगरप्रमुख संग तलब माग्दा अपशब्द प्रयोग , माफि मगाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

    राजविराज। सप्तरीको राजविराज नगरपालिका शिक्षकहरुले चार्डपर्वमा पनि तलब तपाएपछि निरास बनेका छन्। शिक्षकहरुले तलबको माग गर्दै कार्यवाहक नगरप्रमुख इसर प्रविनसँग भेट गर्दा, उनीहरुमा अपशब्द प्रयोग गरिएका कारण शिक्षकहरुमा असन्तोष बढेको छ। यस घटनाले शिक्षा क्षेत्रमा थप तनाव सिर्जना गरेको छ, जहाँ अधिकारको रक्षा गर्न शिक्षकहरुले संघर्ष गरिरहेका छन्।

    तलब नपाएको विषयमा गम्भीरता देखाउँदै, शिक्षकहरुको एक समूहले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा उल्लेख गरिएको छ कि कार्यवाहक नगरप्रमुखले शिक्षकहरुप्रति प्रयोग गरेको अपशब्दको फिर्ता लिने र माफी माग्नुपर्ने छ। नगरप्रमुखले अपशब्द फिर्ता र माफि नमागे सम्म राजविराजका शिक्षकहरूले पेन डाउन गरिने शिक्षक आन्दोलन समितिका संयोजक योगेन्द्र प्रसाद यादवले जानकारी दिए ।

    स्रोतका अनुसार, शिक्षकहरुले तलबको विषयमा बारम्बार नगरप्रमुखसँग संवाद गर्ने प्रयास गरेका थिए, तर नगरप्रमुखको प्रतिक्रिया निराशाजनक रह्यो। यस्तो अवस्थामा, शिक्षकहरु आन्दोलित भइरहेका छन् ।

    यस विषयमा अन्य स्थानीय नागरिकहरुले पनि चासो देखाएका छन्। राजविराजका एक स्थानीय व्यवसायीले भने, “शिक्षकहरु आजको समाजको आधार हुन्, र उनीहरुको सम्मान गरिनु पर्छ। यो केवल तलबको कुरा मात्र होइन, समाजमा शिक्षाको महत्त्व र शिक्षिकाको मानसम्मानको कुरा हो।”

    नगरप्रमुख इसर प्रविनको प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन। तर, शिक्षकहरुले माफी र अपशब्दको फिर्ताको माग गर्दै आन्दोलनको तयारी गरिरहेका छन्।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन ३०, बिहीबार ०८:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP