logo
  • २०८२ कार्तिक २७ | Thu, 13 Nov 2025
  • भगवानपुरमाजारी क्रिकेट प्रतियोगिताको पुरस्कार वितरण समारोहमा ‘अभद्र प्रस्तुति’

    भगवानपुरमाजारी क्रिकेट प्रतियोगिताको पुरस्कार वितरण समारोहमा ‘अभद्र प्रस्तुति’

    रासिन्द्र यादव

    लहान।सिरहाको भगवानपुर गाउँपालिकामा समन्वयमा सम्पन्न पाँचौँ अन्तरवडा क्रिकेट प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोहमा अश्लीलताप्रदर्शनले स्थान पाएको आरोप लागेको छ।समाजिक संजाल फेस्बुकका युजहरूले खेलकुद प्रतियोगितामा असलील भोजपुरी गितमा डान्स गराएर आयोजकले नराम्रो सन्देश दिएको आरोप लगाएका छन्।

    कार्यक्रमका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेपछि आलोचना झन् तीव्र बनेको छ। धेरैले गाउँपालिकाको नेतृत्वमाथि सांस्कृतिक मूल्य र सभ्यता भंग गरेको आरोप लगाएका छन्।

    यता गाउँपालिकाका केही प्रतिनिधिहरूले यसलाई सांस्कृतिक प्रस्तुति भनी बचाउ गरे पनि, स्थानीय समुदायले भने खेलकुदको उद्देश्यलाई “मनोरञ्जन र अशोभनीय नाचको नाममा बदनाम” गरिएको बताएका छन्।

    क्रिकेट प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोहमा गाउँपालिका अध्यक्ष उग्रनारायण यादव र वडा नं. ५ का वडा अध्यक्ष अमरलाल यादव लगायतका जनप्रतिनिधिहरूको सहभागीता रहेको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ कार्तिक ९, आईतवार १४:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP