logo
  • २०८२ पुष ४ | Fri, 19 Dec 2025
  • राजगढ गाउँपालिका अध्यक्ष फरार प्रकरणमा अधिवक्ता रामकुमार यादवको बिचार

    राजगढ गाउँपालिका अध्यक्ष फरार प्रकरणमा अधिवक्ता रामकुमार यादवको बिचार

    बिचार
    अधिवक्ता यादवको फेस्बुक वालबाट

    सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्ष ओम प्रकाश मण्डल उपरको मुद्दाको चर्चा-१ जिल्लाको तत्कालिन गा.बि.स.अध्यक्ष गंगाराम मण्डल र निजको छोरा हालको राजगढ गाउँपालिकाको अध्यक्ष ओम प्रकाश मण्डलको बिषयमा २०५५/५७ साल तिरको एउटा अपुष्ट, अप्रमाणित र अदालतमा बिचराधिन रहेको ज्यान मुद्दाको सन्दर्भमा सामाजिक संजालमा खुबै हल्ला र हलचल पैदा गरेको छ।

    त्यही सामाजिक संजालको एउटा पोष्टलाई म पनि शेयर यस कारण गरेको थिऐं कि को कँहाबाट कसरी बेल्ही चपेनाको मन्दिरको जग्गा रक्षक गंगाराम मण्डल र निजको परिबार प्रति आक्रमक रहेको छ।हाल मलाई चौतर्फी रुपमा फोन आई रहेकोले मैले जाने बुझेसम्म केही कुरा राख्नु पर्ने धर्म सम्झेको छु।

    (१) मन्दिरको जग्गा गंगाराम मण्डलले हडपेको छैन।मन्दिरको जग्गा जोगाउन गंगाराम मण्डलले सप्तरी जिल्ला अदालतमा फैसला बदर मुद्दा चलाएको थियो भने तत्कालिन पुनराबेदन अदालत राजबिराजमा निषेधाज्ञा मुद्दा दिएको थियो।

    (२) गंगाराम मण्डललाई जग्गा संरक्षण गर्नबाट रोक्न जग्गा हडप्नेहरु राजबिराजमै योगी (बाबाजी) को हत्या गरी गंगाराम पक्षधर उपर ज्यान मुद्दा दिएको हो।
    (३) तत्कालिन अबस्थामै अहिलेको गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डल, राम नारायण मण्डल र अन्य एक जना अनुसन्धानको सिलसिलामा प्रहरीमा हाजिर भई लगभग २१/२२ दिन प्रहरी हिरासतमा रहँदा प्रहरीको अनुसन्धानबाट मुद्दा चलाउन सक्ने प्रमाण नरहेको नभेटिएको कारणबाट प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयबाट सहमति लिई हाजिरी जमानीमा छोडेको हो।

    (४) कानुनको कार्यबिधिगत हिसाबले ओम प्रकाश मण्डल फरार देखिए पनि ब्यबहारिक रुपमा फरार होइन।

    (५) बहुदल आएपछि एक समयमा कुनै प्रकारबाट जोसुकैले ज्यान मार्दा राजनैतिक स्वार्थ सिद्ध गर्न राजनैतिक ब्यक्तित्व उपर मुद्दा दिने गरेको थियो।जस्तो कि तरहीको अध्यक्ष पदको उम्मेदवार रासलाल साह, छिन्नमस्ताको सत्य नारायण यादब, ईनर्बाको अबध मण्डल र डाढाको नथुनी यादब।आर्थिक स्वार्थ सिद्धिको लागि मन्दिरको जग्गा हड्प्नेहरुले गंगाराम मण्डल, ओम प्रकाश मण्डल र निजहरुको पक्षधर उपर मुद्दा दिएको हो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    3
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ मंसिर २८, आईतवार १९:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP