logo
  • २०८२ माघ १२ | Mon, 26 Jan 2026
  • तिलाठी कोइलाडीमा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा जनमत प्रवेश

    तिलाठी कोइलाडीमा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा जनमत प्रवेश

    राजविराज– सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ स्थित गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक पार्टी परित्याग गरी ठूलो संख्यामा नेता–कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।

    दामोदर मुखियाको अध्यक्षतामा सम्पन्न उक्त प्रवेश कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउत, मधेस प्रदेश सरकारका अर्थमन्त्री महेशप्रसाद यादव, वडा अध्यक्ष कमल मण्डल तथा पार्टीका केन्द्रीय सदस्य नेहाल सिंह लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतले जनमत पार्टी मधेसको अधिकार, सुशासन र समृद्धिका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जनताको भरोसाका कारण पार्टीप्रति आकर्षण बढ्दै गएको बताउनुभयो। उहाँले जनताको आवाजलाई नीतिगत रूपमा स्थापित गर्दै विकास र न्यायको नयाँ बाटो खोल्ने दृढता व्यक्त गर्नुभयो।

    त्यसैगरी अर्थमन्त्री महेशप्रसाद यादवले जनमत पार्टी जनताको अपेक्षा र भावनालाई केन्द्रमा राखेर अघि बढिरहेको पार्टी भएको बताउँदै नवप्रवेशी नेता–कार्यकर्ताहरूको सक्रिय भूमिकाले संगठन अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले जनमत पार्टीको स्पष्ट नीति, नेतृत्वको इमान्दारिता र जनमुखी कार्यक्रमका कारण विभिन्न पार्टीका नेता–कार्यकर्ताहरू आकर्षित भएको बताएका थिए।

    नवप्रवेशीहरूलाई पार्टी नेतृत्वले अबिर र माला लगाएर स्वागत गर्दै पार्टीको संगठन विस्तार र अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
    यस कार्यक्रमले तिलाठी कोइलाडी क्षेत्रमा जनमत पार्टीको आधार थप मजबुत बन्दै गएको संकेत गरेको स्थानीयहरूको भनाइ छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ १०, शनिबार १५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP