logo
  • २०८२ फाल्गुन १२ | Tue, 24 Feb 2026
  • सुरूङ्गा नगरपालिकामा मंगलबार शोक विदा

    सुरूङ्गा नगरपालिकामा मंगलबार शोक विदा

    बोदेबरसाईन। सप्तरीको सुरुङ्गा नगरपालिकामा सरसफाईकर्मीको रुपमा कार्यरत कर्मचारीको मृत्यु भएपछि शोक विदा दिइएको छ ।

    सरसफाइकर्मी बुधेश्वर डोमको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा आइतबार निधन भएको छ ।

    नगरप्रमुख गिता चा‌धरीले शोक विज्ञप्ती जारी गर्दै दु:खद घडिमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौ भनेको छ।,

    मंगलवारका दिन नगरपालिकाको कार्यालय, मातहतका शाखा कार्यालयहरु वडा कार्यालयहरुबाट प्रवाह हुने आकस्मिक सेवा वाहेक सम्पुर्ण सेवा प्रवाह स्थगित गरि शोक विदा दिइएको नगरपालिकाले जनाएको छ।

    यसबाट नगरवासिहरुमा पर्नजाने असुविधाप्रति क्षमाप्रार्थी रहेको नगरपालिकाको नगरप्रमुख गीता चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन ११, सोमबार २०:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP