logo
  • २०८३ बैशाख १ | Tue, 14 Apr 2026
  • कविताःनयाँ युगको ढोल

    कविताःनयाँ युगको ढोल

    कविताःनयाँ युगको ढोल

    तोमनाथ उप्रेती

    हरेक मत गणना पछि

    नयाँ युगको घोषणा

    पुराना प्रतिमाहरू

    ढल्कन्छन्

    तर ढल्किएका मान्छेहरू

    अझै

    पुरानो कुर्सीमा मुसुक्क मुस्कुराइरहेका छन्।

    नयाँ पार्टीका

    घोषणापत्रहरू टाँसिन्छन्

    सुनको अक्षरमा

    बुढेसकालको आशामा।

    जनताको उमङ्गको ढोल बज्छ,

    तर

    बजेको ढोल

    सडकभरि घुम्ने पुराना विज्ञापन

    नयाँ घोषणाले

    पुराना वाचा र भ्रष्टाचारका धुलोमा लुकेको सत्य ढाक्छ।

    समृद्धि

    सुशासन

    विकास

    तर

    सडकमा ट्राफिक जाम

    अस्पतालमा नपुग्ने औषधि

    स्कूलमा अधुरो पाठ्यक्रम

    माटोका डल्ला अझै धूलोमै फोर्छन्

    दुई चार खोला पसिनाले न भिज्ने, न धुन सक्ने।

    नयाँ सालिकहरू ठडिन्छन्

    तर

    उनीहरूको आँखामा पुरानो घमण्ड

    अझै चम्कन्छ

    जनताको स्नेहका कोपिलाहरू

    फक्रिन्छन्

    तर

    राजनीतिक क्रान्ति होइन

    केवल

    फोटो–अपरेशन।

    जुनकिरी जस्तो अनुहार चम्किन्छ

    मतदाता आशाले टिम्टिमाउँछ

    तर

    हाँसो फिस्स गर्छ ।

    तर

    राज्यको निद्रा

    अझै गहिरो

    राजनीति

    जनता

    आशा

    सबैको मिलन

    एउटा नाटक बनिसकेको छ ।

    जहाँ प्रत्येक नयाँ युग

    केवल

    पुरानो पात्रहरूको

    नयाँ पोशाक हो।

    Bottom of Form

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख १, मंगलवार १०:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP