बोदेबरसाईन । सप्तरी बोदेबरसाईनबाट लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ पक्राउ परेको छ । खडक नगरपालिका वडा नम्बर-५ खोजपुरका ६२ वर्षीय अमिन चौधरी रहेको हो ।
सप्तरी प्रहरीले विशेष सूचनाको आधारमा बोदेबर्साइन नगरपालिका वडा नम्बर – २ गौरामा चेकजाँच गर्ने क्रममा बोदेबर्साइनबाट बिष्णुपुर चौकतर्फ आउदै गरेको मधेश प्रदेश ०१ – ००५ प २८८३ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकललाई रोकी खानतलासी गर्दा मोटरसाइकलको टुलबक्स भित्र कालो प्लाष्टिकले बेरी पोका बनाई सेतो प्याकेटमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध खैरो हेरोइन जस्तो देख्ने सानो र ठुलो गरी दुई प्याकेट गिलो पदार्थ फेला परेकाले लागू औषध खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ डिजिटल तराजुमा तौल गर्दा जम्मा १०४.८६ ग्राम ( एक सय चार ग्राम छयासी मिलिग्राम) सहित चाैधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सप्तरी जिल्ला अदालतवाट असार १६ गतेदेबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राजबिराजका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरले बताए ।
प्रतिक्रिया