लोकेन्द्र यादव
बोदेबरसाईन । सप्तरीको बोदेबरसाईन नगरपालिकाले वडा नम्बर ७ र ८ स्थित मानराजा र काचन जोड्ने सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको छ।
संघीय सरकारको समपूरक अनुदानमा निर्माण हुने उक्त सडक बहुवर्षीय आयोजना हो।
राष्ट्रिय योजना आयोगबाट यस आयोजनाका लागि चार करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामागर यादवले जानकारी दिए।
यादवका अनुसार नगरपालिकाले शुक्रबार सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको हो।
चालु बजेटबाट १ हजार २ सय मिटर सडक निर्माण गरिने नगरपालिकाका इन्जिनियर सनित साहले बताए।
सडक निर्माणले मानराजा र काचन क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।
यो बजेटबाट स्तरीय सडक बन्ने रूपरेखा तैयार हुने सडक लामो रहेकोले सडकको निर्माणकार्यलाई पूर्णता दिन थप बजेट जुटाउनुपर्ने देखिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया