logo
  • २०८३ मंसिर ४ | Thu, 19 Nov 2026
  • ‎ ‎ ‎चिनियाँ दूतावासद्वारा बलान बिहुलमा विभिन्न   सामग्री हस्तान्तरण ‎

    ‎  ‎  ‎चिनियाँ दूतावासद्वारा बलान बिहुलमा विभिन्न   सामग्री हस्तान्तरण  ‎

    ओमप्रकाश ठाकुर
    ‎बोदेबरसाईन   ।  सप्तरीको बलान बिहुल गाउँपालिकामा चिनियाँ दूतावासले शैक्षिक तथा स्वास्थ्य क्षेत्रलाई लक्षित गरी विभिन्न सामग्री मंगलबार हस्तान्तरण गरेको छ।   सहयोग गरेको छ।
    ‎
    ‎गाउँपालिकामा चिनियाँ दूतावासका राजनीतिक तथा प्रेस विभाग प्रमुख युकियान पेंगचेगंको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो।
    ‎
    ‎
    ‎चिनियाँ दूतावासको ‘भाइबरेन्ट भिलेज’ (Vibrant Village) कार्यक्रमअन्तर्गत गाउँपालिका–६ स्थित जागेश्वर गहराई जनता माध्यमिक विद्यालयलाई ११० सेट बेन्च–डेस्क, १ हजार १०० थान झोला तथा शैक्षिक सामग्री र एउटा वासिङ मेसिन हस्तान्तरण गरिएको
    ‎चिनियाँ दूतावासका  आयोजकले जनाएको छ।
    ‎
    ‎त्यसैगरी, गाउँपालिकाभित्र रहेका बर्थिङ सेन्टरहरूका लागि १२ थान एयर कन्डिसनर (एसी) तथा वडा नम्बर-४ मा  शुद्ध खानेपानी उपलब्ध गराउने प्लान्टसमेत सहयोग गरिएको चिनियाँ दूतावासका प्रतिनिधि इन्जिनियर सिवाङ्ग दत्तले जानकारी दिए ।
    ‎
    ‎
    ‎
    ‎बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको संयोजनमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा मधेशी आयोगका पूर्वअध्यक्ष विजय दत्त,   अवकाशप्राप्त
    ‎प्रधानध्यापक दिनेश्वर यादव ,  स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
    ‎
    ‎सहयोगले विद्यालयको भौतिक पूर्वाधार सुधार गर्नुका साथै छात्राहरूको पठनपाठनलाई सहज बनाउने विद्यालयका प्रधानध्यापक भोला प्रसाद यादवले बताए ।
    ‎
    ‎चिनियाँ दूतावासको यस सहयोगले गाउँपालिकाका विद्यालयहरूमा शैक्षिक सुविधा विस्तार हुनुका साथै बर्थिङ सेन्टरहरूको सेवा प्रवाह र स्थानीय तहमा स्वच्छ खानेपानीको पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
    ‎
    ‎
    ‎
    ‎
    ‎
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ मंसिर २, बुधबार १२:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP