logo
  • २०८२ असार ३२ | Wed, 16 Jul 2025
  • माग सम्बोधन नभए पनि सुनचाँदी व्यवसायीले खोले पसल

    माग सम्बोधन नभए पनि सुनचाँदी व्यवसायीले खोले पसल

    काठमाडौँ। माग सम्बोधन नभए पनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।

    यससँगै केही दिनयता काठमाडौँ र बागमती प्रदेशमा गरिएका पसल बन्द बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ ।

    तर, सुनचाँदी व्यवसायीले आफूहरुको माग पूरा गर्न असार मसान्तसम्मको समय सीमाको ‘अल्टिमेटम’ दिएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुनेगरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ ।

    व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समिति मार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ५, बिहीबार १०:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP