logo
  • २०८२ बैशाख ६ | Sat, 19 Apr 2025
  • काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटर भन्दा बढी गतिमा सवारीसाधन चलाउन नपाइने

    काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटर भन्दा बढी गतिमा सवारीसाधन चलाउन नपाइने

    काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसँगै सवारी साधनको गतिको सीमा तोकिएको छ । उपत्यकाभित्रका चक्रपथ (रिङ रोड) सँगै सर्भिस ट्रायकको समेत गति सीमा तोकिएको हो । जसअनुसार कलंकी–कोटेश्वर सडक खण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा समेत प्रतिघन्टा ५० किलोमिटरको गति तोकिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि यस्तो नियम कार्यान्वयनमा ल्याएको ट्राफिक प्रहरीको भनाइ छ ।

    तोकिएको भन्दा बढीमा गतिमा सवारी चलाउनेलाई ऐन बमोजिम कारबाही गरिने समेत जनाइएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ फाल्गुन ११, बिहीबार ११:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP