उमेश कुमार साह
राजबिराजमा। जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघको अधिवेशनले रमिला देवी साह अध्यक्षमा सर्वसम्मतिवाट चयन भएकी छिन् ।साहको अध्यक्षतामा १७ सदस्यिय सप्तरी जिल्ला कार्यसमिति विस्तार गरिएको हो।
बिहिवार राजबिराजमा समाजवादी महिला संघको जिल्ला अधिवेशनवाट साहको अध्यक्षतामा गठित समितिको उपाध्यक्षद्वयमा मन्जु खडका, आशा कुमारी साह, सचिवमा नितु पण्डित, सह सचिवमा आशा कुमारी तमागं, सुस्मिता साह, गिता मण्डल र कोषाध्यक्षमा उषा कुमारी देवले रहेका छिन।
यस्तै यसैगरी सदस्यहरूमा ममता कुमारी दास, सबिता यादब, आशा देवी साह, सरनिता यादब, तिलेदेवी रजक, रिमा चौधरी, ममिना खातुन, बिना देवी यादब नबिना ख्वास रहेको नवनिर्वाचित कोषाध्यक्ष उषा कुमारी देवले जानकारी दिईन।
उक्त अवसरमा जसपा नेपालका केन्द्रिय सदस्य तथा अधिवेशनको संयोजक गिता यादब तथा जसपा नेपाल केन्द्रिय सदस्य मधेश प्रदेश सभा सदस्य किरण कुमारी साह, मधेश प्रदेश पुर्व उपसभामुख तथा केन्द्रिय सदस्य उपमा देव, जसपा नेपाल केन्द्रिय सदस्य पुनम यादब, जसपा जिल्ला अध्यक्ष केदार यादब, युवा नेता लक्ष्मण यादब, बिधार्थी नेता श्याम कुमार यादब लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया