सिरहा। सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर– १ स्थित नर्गी चैकबाट कटुवा पेस्तोल सहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छन्।
प्रहरी चौकी कचनारीबाट खटीएको प्रहरी टोलीले चेकिङ्ग गर्ने क्रममा भारततर्फ जादँै गरेको नम्बर प्लेट नभएको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक भारत राज्य जिल्ला मधुवनी ग्रामपंचायत पिपराही वडा नम्बर– २ कमलपुरका १९ वर्षीय राजिव सिंह र सोही मोटरसाईकल पछाडी सवार १९ वर्षीय प्रिन्स सिंह रहेका छन् ।
मोटरसाईकल पछाडी सवार प्रिन्स सिंहको कम्मरमा बोकेको भिरेको कटुवा पेस्तोल एक थान र निजले लगाएको ट्र्याकको गोजीबाट गोली एकथान फेला पारेको सिरहा प्रहरीले जनाएको छ।
पेस्तोल, गोली र मोटरसाईकल सहित दुबै जनालाई इलाका प्रहरी कार्यालय महेशपुर नियन्त्रणमा लिएका छन् । पक्राउ परेकालाई सिरहा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसनधान भईरहेको सूचना अधिकारी तथा डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो ।
प्रतिक्रिया