logo
  • २०८३ जेष्ठ ९ | Sat, 23 May 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

     

    तोमनाथ उप्रेती

    १.

    मन उज्यालो
    अन्धकारको साम्राज्य
    एकैचोटि ढल्छ।

    २.

    सत्यको बाण
    झुटको किल्ला भत्काउँछ
    चेतना जाग्छ।

    ३.

    लोभको आगो
    आत्मिक वर्षाले निभ्छ
    शान्ति जन्मिन्छ।

    ४.

    अहंकार टुट्छ
    विवेकको प्रहारले
    मानव उभिन्छ।

    ५.

    मनको प्रकाश
    द्वेषमाथि प्रहार गर्छ
    प्रेम विजयी।

    ६.

    चेतनाको शक्ति
    भित्रैको युद्ध जित्छ
    साँचो वीरता।

    ७.

    करुणा बलियो
    घृणाको ढाल चिरेर
    मानव बचाउँछ।

    ८.

    सत्यको आवाज
    शून्य चिर्दै गुञ्जिन्छ
    झुट भाग्छ टाढा।

    उज्यालो मन
    अन्धकारलाई जलाउँछ
    समाज बदलिन्छ।

    १०.

    आत्मिक शक्ति
    शान्तिको मिसाइलझैँ
    विश्व उज्यालो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख २८, सोमबार २१:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP