राजबिराज। जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको जिल्ला अधिबेशन साउन १४ ,१५ र १६ गते हुने भएको छ । जसपा नेपाल जिल्ला कार्यकारिणी समिति सप्तरीको राजविराजमा बिहीवार सम्पन्न बैठकले अधिबेशनको मिति तय गरेको हो।
जसपा नेपालको आन्तरिक विवादका कारण यसअघि पटकपटक जिल्ला अधिबेशनको मिति तय गरेपनि हुन सकेको थिएन।
जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले साउन १४,१५ र १६ गते राजविराज स्थित साइकृष्णा मेडिकल कलेजको प्राङ्गणमा जिल्ला अधिबेशन गर्ने निर्णय गरिएको अधिबेशन प्रचार प्रसार समितिका संयोजक निलेश कुमार झाले जानकारी दिए ।
यसअघि २०८१ चैत, २०८२ बैशाख, असार गरि पटकपटक जिल्ला अधिबेशनको मिती तय गरिएपनि हुन सकेको थिएन ।
बैठकले अधिबेशन तयारीका लागि मुल व्यवस्थापन समिति, आर्थिक समिति,प्रचारप्रसार समिति लगायतका विभिन्न तयारी समिति समेत गठन गरेको जसपा नेपालका जिल्ला सचिब हरेराम यादवले जानकारी दिए ।
प्रतिक्रिया