बाेदेबरसाईन। अगामी फागुन २१ मा हुन गई रहेको लक्षित चुनावी रनितिमा दलहरू लागि परेकामा यसै क्रममा नेपाली कांग्रेस पार्टीले बोदेबरसाईन नगरपालिका वडा नम्बर–७ का शिवन्दन यादवलाई पार्टी प्रवेश गराएका हुन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल आवद्ध यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
यादव यसअघि जसपाबाट वडा नम्बर–७ मा २०७४ र २०७९ सालको स्थानीयतह निर्वाचनमा वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए र दुवै पटक झिनो मतान्तरले पराजित भएका थिए। उनीसँगै उनका केही समर्थकहरू समेत कांग्रेसमा प्रवेश गरेकाे नेपाली कांग्रेसका नेता मुना यादवले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस आइतबार बोदेबरसाईन नगरपालिकाको नगरस्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रम वडा नम्बर–५ स्थित धर्मशालामा भएको हो।
नवप्रवेशीहरूलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री तेजुलाल चौधरी र नगर सभापति इन्जिनियर दिपेन्द्र यादवले पार्टीमा स्वागत गरेका थिए।
यस्तै, वडा नम्बर–१० का किशोर कुमार यादव नेकपा परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनको नेतृत्वमा दिलिप कुमार यादव, रूपेश यादव, रविन्द्र यादव, रामा दास, चन्द्र नारायण यादव लगायत १८ जना कांग्रेसमा आवद्ध भएका छन्।

त्यसैगरी, वडा नम्बर–६ का ब्रहमदेव महतोले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

उक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेदवार पूर्व मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा व्याप्त रहेको मिटर ब्याज (सूदखोरी) को समस्या आफूले सशक्त रूपमा संसदमा उठाएको उल्लेख गरे। उनले पीडित जनताको पक्षमा निरन्तर आवाज उठाइरहेको दाबी गर्दै अब यसलाई समाधानको चरणमा लैजान पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
चौधरीले आफ्नो कार्यकालमा क्षेत्रमा सडक पूर्वाधारतर्फ कल्याणपुर – गाईघाट सडक , कल्याणपुर -फुलबारीया- बनाैली सडक र कदमहा – प्रमाणपुर- पटेर्वा सडक य रकम विनियोजन भई केही सडक निर्माण कार्य अन्तिम चरणमा रेहेको र कुसहा बेल्ही सडकको काम तिव्र रूपमा भई रहेको बताए ।
नयाँ सडक विस्तारका कामहरू सुरु भएको उल्लेख गर्दै उनले विकास निरन्तरता लागि आफूलाई पुनः विजयी गराउन आग्रह गरे।
कार्यक्रममा वक्ताहरूले कांग्रेसलाई सशक्त बनाउन सबै कार्यकर्ता एकजुट भएर चुनावी अभियानमा लाग्नुपर्नेमा जोड दिएका थिए।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सत्रुघ्न यादवले विहार विधानसभा चुनावमा समाजिक संजालमा जनसुराज पार्टीका प्रशान्त किशोर जसरी उदाय र धरतालमा एउटा पनि उम्मेदवार जिताउन नसकेको बाउदैँ सही हाल रास्वपा लाई हुने टिप्पणी गरे।
प्रतिक्रिया