बिरेन्द्र प्रसाद नेपाल
लहान। ट्राफिक जनचेतनामूलक साप्ताहिक कार्यक्रम अन्तर्गत आज सातौं दिनको कार्यक्रम लहानको मुख्य चोक घण्टाघर अगाडि दीप प्रज्वलन गर्दै सम्पन्न भएको छ। कार्यक्रम जेठ २२ गतेदेखि सुरु गरिएको हो।
ट्राफिक प्रहरी प्रमुख पोषण थपलियाका अनुसार चालक, सहचालक, पत्रकार, प्रहरी प्रशासन लगायत सरोकारवालाहरूको सक्रिय सहभागितामा कार्यक्रम सन्चालन हुँदै आएको छ। उनले जानकारी दिँदै भने, “कार्यक्रमको उद्देश्य सडक दुर्घटना न्यूनीकरण गर्नु र ट्राफिक नियम तथा संकेतहरूको महत्त्वबारे सर्वसाधारणमा चेतना फैलाउनु हो।”
साप्ताहिक कार्यक्रम अन्तर्गत विभिन्न स्थानहरूमा पम्प्लेट वितरण, पोस्टर टाँस तथा जनसंवाद कार्यक्रमहरू समेत सञ्चालन गरिएको छ। प्रहरीका अनुसार यस्ता कार्यक्रमले सडक प्रयोगकर्तामा सजगता बढाउने विश्वास गरिएको छ।
स्थानिय बासिन्दाहरूले समेत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्ने माग गरेका छन्।
प्रतिक्रिया