लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन।केन्द्रीय विपद व्यवस्थापन समितिबाट पचास लाख बजेट, विपद प्रभावितका लागि प्रयोग गरिने:गाउँपालिका अध्यक्ष यादव
संघ सरकार अन्तर्गत रहेका केन्द्रीय विपद व्यवस्थापन समितिले सप्तरीको बलान बिहुल गाउँपालिकालाई रू पचास लाख बजेट उपलब्ध गराएको छ ।
सप्तरी जिल्लाको एक मात्र संकटग्रस्त घोषणा भएको यो पालिकालाई केन्द्रीय विपद व्यवस्थापन समितिले यो बजेट उपलब्ध गराएको हो ।
सो बजेटले विपदमा परेका जनतालाई सहयोग गर्ने पालिका प्रमुख खेमचन्द्र यादवले जानकारी दिए।
उनका अनुसार विपदमा पालिकाका झन्डै ३०० जना प्रभावित हुने आँकलन छ । बलान नदीले प्रत्येक बर्ष बर्षाको समयमा यो पालिकामा बितण्डा मचाउँदै आएको छ । याे नदीका कारण पालिकाका धेरै जनता प्रभावित भैरहेका छन्। गाउँपालिका अध्यक्ष यादवले भने, ‘ केन्द्रबाट आएको बजेटले उनीहरुलाई सहयोग पुग्नेगरी खर्च हुन्छ ।’अवस्था हेरेर नगद या सामग्री उपलब्ध गराउने योजना रहेको उनले बताए ।
यता पालिकामा बलान नदी नियन्त्रणका लागि पनि रु ३० लाख बजेट आएको छ ।सिंचाइ कार्यालयमा आएको यो बजेटले अहिलेसम्म काम शुरु नगरिएको बताउँदै अबिलम्ब काम शुरु गर्न कार्यालयसँग आग्रह गरेको बताए ।
बलान र बिहुल नदी गरि दुई नदीको बिचको भागमा रहेको यो गाउँपालिकाको वडा नम्बर-१,२,३ ४ बलान नदीमा आउने उच्च बाढी कारण प्रत्येक वर्ष प्रभावित हुँदै आएको छ।
प्रतिक्रिया