logo
  • २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • सप्तरीमा जसपा अध्यक्ष पदका लागि केदार र उमेश बिच प्रतिस्पर्धा, नयाँ नेतृत्वको अपेक्षा

    सप्तरीमा जसपा अध्यक्ष पदका लागि केदार र उमेश बिच प्रतिस्पर्धा, नयाँ नेतृत्वको अपेक्षा

    राजविराज-जनता समाजवादी पार्टी (जसपा) नेपालको सप्तरी जिल्ला अध्यक्ष पदका लागि केदार प्रसाद यादव र उमेश प्रसाद यादवले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्। राजविराजस्थित पार्टी कार्यालयमा शनिबार सम्पन्न मनोनयनमा दुवै नेताले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दिएका हुन्।

    निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजे सुरु भएको मनोनयन कार्यक्रममा केदार प्रसाद यादवले बिहान ९:२१ बजे उम्मेदवारी दर्ता गराएका थिए भने उमेश प्रसाद यादवले बिहान ९:५७ बजे उम्मेदवारी दर्ता गराए। केदार यादव यसअघि दुई कार्यकालसम्म जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् भने उमेश यादव हाल उपाध्यक्षको भूमिकामा थिए।

    उम्मेदवारहरूको प्यानल

    केदार यादवको प्यानलबाट उपाध्यक्ष पदका लागि लक्ष्मण यादव र उषा साह, सचिवमा शम्भु कुमार यादव, उपसचिवमा रिता कुमारी चौधरी र रामेश्वर कौडगिया तथा कोषाध्यक्षमा अर्मेन्द्र कुमार यादव उम्मेदवार बनेका छन्।

    यस्तै उमेश यादवको प्यानलमा उपाध्यक्षमा हरेराम यादव र राजेश्वर राय, सचिवमा निरज मुक्ति, उपसचिवमा दाउद हुसैन र राहुल मण्डल, र कोषाध्यक्षमा अभिनव यादव रहेका छन्।

    निर्वाचन प्रक्रिया

    जिल्ला समिति अन्तर्गत सात पदाधिकारीसहित ५० सदस्यीय समिति चयन गर्न साउन १८ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने जनाएको छ। विभिन्न पालिका र भातृ संगठनबाट चयन भएका ११५ जना प्रतिनिधिले मतदान गर्नेछन्।

    निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरूको नामावली १२:०५ बजे सार्वजनिक हुनेछ, त्यसपछि १२:१० देखि २ बजेसम्म उम्मेदवारी फिर्ता, २:३० देखि ३:३० सम्म दावी-विरोध र साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।

    नेतृत्वप्रति असन्तुष्टि र परिवर्तनको चाहना

    हालका जिल्ला अध्यक्ष केदार यादवलाई संगठन सुदृढ गर्न नसकेको आरोप लागिरहेको छ। स्थानीय तह निर्वाचन २०७९ मा आफ्नै गृह गाउँपालिका (छिन्नमस्ता) मा पार्टीका उम्मेदवार सत्यनारायण यादवलाई विजय गराउन नसकेको विषयमा समेत उनीप्रति असन्तुष्टि देखिएको छ। सोही चुनावपछि सत्यनारायण यादव जसपा परित्याग गर्दै अशोक राई नेतृत्वको पार्टीमा प्रवेश गरेका थिए र अहिले सोही पार्टीबाट जिल्ला नेतृत्व सम्हालिरहेका छन्।

    पार्टीभित्र नयाँ नेतृत्वको चाहना बढेसँगै उमेश यादवलाई अध्यक्ष पदका लागि बलियो दाबेदारका रूपमा हेरिएको छ। पार्टीका कतिपय शीर्ष नेताहरू र कार्यकर्ताहरू परिवर्तनका पक्षमा रहेको बताइएको छ।

    अबको नेतृत्वले पार्टीलाई स्थानीय तहसम्म पुनर्गठन गर्दै आगामी चुनावलाई लक्षित गरि सशक्त संगठन अपेक्षा गरिएको छ। जसपाको जिल्ला राजनीति यो निर्वाचनमार्फत नयाँ मोडमा प्रवेश गर्ने संकेत देखिएको छ।

    यता केदार यादबलाई पनि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादबकाे विश्वास पात्रकाे मानिने भएकोले र युवाहरूको समर्थन रहेको बुझिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १७, शनिबार १२:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP